Homeअर्थधौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला

धौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला

धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ३१ हजार कित्ता आईपीओ आज (साउन २४ गते)देखि बिक्री खुल्ला गरेको छ।

संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपिओ बिक्रीमा ल्याएको हो।

संस्थाले जारी गरेको आइपिओमध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। भने, बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

संस्थाको यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेड गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यस आइपिओमा लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ ७ गतेसम्म खुला गरिने संस्थाले जनाएको ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read