Homeसमाचारमहन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय

महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने/नगर्नेबारे जसपाभित्र पहिलेदेखि नै विवाद बढ्दै आएको थियो ।

पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ भने यादव पक्ष कांग्रेस–माओवादीको विपक्षी गठबन्धनमा छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read