Home Uncategorized म जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंकाबारे कराउँदै गर - आयुष्मान

म जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंकाबारे कराउँदै गर – आयुष्मान

अभिनेत्री प्रियंका कार्की गर्भवती भएदेखि निकै चर्चामा छिन्। गत वर्षको चैत २० गते प्रियंकाले आफू गर्भवती भएको जानकारी दिइन्। उनले ‘वि आर प्रेग्नेन्ट’ भन्दै फोटो सेयर गरेकी थिइन्।

फोटो सार्वजनिक भएसँगै फोटोमाथि नकारात्मक प्रतिक्रियाको बाढी नै आयो। प्रियंका र श्रीमान आयुष्मान देशराज जोशीले ट्रोलको सिकार बन्नुपर्‍यो। तर पनि उनीहरुले खासै वास्ता गरेनन्।

त्यसपछि पनि प्रियंकाले थुप्रै भिडियो बनाइन्, फोटो खिचाइन् र निर्धक्क सामाजिक सञ्जालमा आफ्नो दर्शकसम्म पुर्‍याइन्। कहिले बेवी सावर त, कहिले गाला पार्टीमा रमाइन् उनी। कसले के भन्छ वास्ता गरिनन्।

स्विमिङ पूलमा बेबी बम्प देखाएर तस्वीर सार्वजनिक गरेपछि त उनी बहसको विषय नै बन्न पुगिन्। उनको फोटोमा नकरात्मक कमेन्टको लर्को नै लाग्यो। तर केहीले भने खुलेर रम्न सक्ने उनको स्वभावको चर्चा समेत गरे।

तर प्रियंकाले भने नकारात्मक प्रतिक्रियाले आफूलाई छुँदै नछुने बताएकी थिइन्। सकारात्मक कुरा सोचेर अगाडि बढ्ने स्वभावका कारण आफू निर्धक्क रमाउन सक्ने उनको भनाइ छ।

प्रियंकालाई श्रीमान् आयुष्मान देशराज जोशीले निकै साथ दिइरहेका छन्। उनी हरेक समय प्रियंकाकै साथमा रहनुका साथै उनलाई खुसी बनाउने प्रयास गरिरहेका हुन्छन्।

यसैबिच आयुष्मानले इस्ट्राग्राममा आफूसँगको प्रियंकाको बेबी बम्प देखाएको फोटो सेयर गरेका छन्। उनले प्रियंकाको पक्षमा बोल्दै आफू जीवन बदल्न तयार भएको भन्दै आलोचकहरुलाई कराउँदै बस्न भनेका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read