Homeफिल्म‘परदेशी-२’ को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा…’ सार्वजनिक

‘परदेशी-२’ को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा…’ सार्वजनिक

नारायण रायमाझी निर्देशित नेपाली फिल्म ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा…’ युट्युबमा सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको झ्याउरे गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।

शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।

भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो । नेपाली फिल्ममा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ ।

‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read