Homeखेलकुदचैत्र २६ घोडेजात्राको दिन ओखलढुंगा फाउन्डेसनले ओखलढुंगा जिल्ला पालिका कप फ़ुटसल आयोजना...

चैत्र २६ घोडेजात्राको दिन ओखलढुंगा फाउन्डेसनले ओखलढुंगा जिल्ला पालिका कप फ़ुटसल आयोजना गर्दै

आउँदो चैत्र २६ गते शनिबार घोडेजात्राको दिन ओखलढुंगा फाउन्डेसनले ओखलढुंगा जिल्ला पालिका कप फ़ुटसल आयोजना गर्ने भएको छ।

खेलकुदको महत्वको कुरा गर्ने हो भने यसले हाम्रो जीवनलाई धेरै तरिकाले प्रभावित गर्दछ। खेलकुदले हाम्रो शारीरिक स्वास्थ्यलाई सुधार्न, टिमवर्क र सहयोगको महत्व बुझाउन, आत्मविश्वास बढाउन र लक्ष्यमा केन्द्रित हुनमा मद्दत गर्दछ। यसलाई आत्मसात गर्दै ओखलढुंगा फाउन्डेसनले फुटसल खेल अयोजना गर्ने निर्णय गरेको छ ।

खेल ओखलढुंगा जिल्ला स्थायी घर भइ हाल पढाई तथा रोजगारीको सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आउनुभएका दाजुभाइहरु बीच हुनेछ । प्रतिस्पर्धा पालिका-पालिका बीच गरिनेछ । फुटसल अयोजनाले समुदायहरूलाई एकैठाउँ गर्न, सहयोग र समन्वय बढाउन र खेलकुदको रूचि उत्प्रेरणा गर्नेछ भन्ने विश्वासमा पनि यो खेल आयोजना हुन लागेको हो । यसले खेलकुदको महत्वलाई बढावा दिने छ र यसले जिल्लावासीहरूको आपसी सम्पर्क र सम्पर्कलाई पनि सुधार्ने छ।

खेलकुदले जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भएकाले, यसको महत्वलाई सम्मान गर्दै स्वस्थ, सक्रिय र समावेशी समाज निर्माणमा सहयोग पुर्याउने उदेश्यका साथ फ़ुटसल आयोजना गर्न लागिएको फ़ाउण्डेसनले बताएको हो।

प्रतियोगिता विवरण :
प्रतियोगिता हुने मिति : २०८० / १२/२६ (घोडेजात्राको दिन)
स्थान : धन्यन्तरी फुटसल ( पहिलेपुल, काठमाडौं)
सहभागि टिम : ओखलढुंगाका हरेक पालिकाबाट १/१ टिम ( जम्मा ८ टिम)
खेलको प्रकार : नकआउट
दर्ता शुल्क : रु. १०००० प्रति टिम (७ जना खेलाडी काे प्रति खेलाडी र एक व्यवस्थापक)
पुरष्कार:
विजेता: ट्रफी, नगद रु ५०,००० (रु पचास हजार ) र सम्पूर्ण खेलाडी र ब्यबस्थापकलाई मेडल
उपविजेता: ट्रफी, नगद रु २०,०००(रु बिस हजार) र सम्पूर्ण खेलाडी र ब्यस्थापकलाई मेडल
अन्य सम्पूर्ण टिमलाई सहभागीको सर्टिफिकेट र मायाको चिनो

सुविधा :
१) टिमको जर्सी आयोजकबाट
२) खेल आयोजना हुने दिन खाजाको ब्यबस्था

दर्ता प्रक्रिया:
१) माथी भनेको जस्तै ८ (७ खेलाडी १ ब्यबस्थापक) जनाको टिम बनाएर दर्ता गर्नु पर्ने छ !
२) खेलाडी ओखलढुंगाको स्थाई बासिन्दा हुनुपर्नेछ .
३) एउटा गाउँपालिका/नगरपालिकाबाट एउटा मात्र टिम खेल्न पाउने भएकोले जसले पहिले दर्ता गराउछ त्यो नै टिम खेल्न पाउनेछ.
४) दर्ता गर्दा अनिवार्य कम्तिमा एउटा नेपाल सरकार द्वारा मान्यता प्राप्त परिचय खुल्ने कागज (नागरिकता, लाइसेन्स वा मतदाता परिचय पत्र) हुनुपर्नेछ ।
५) प्रतियोगितामा राष्ट्रिय फुटसल लिग खेलेको र राष्ट्रिय ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन लिग खेलिसकेका खेलाडीलाई टोलीमा खेलाडीको रूपमा समावेश गर्न पाइने छैन ।
उपलब्ध गराउनु पर्ने विवरणहरु
१. नाम, उमेर
२. स्थायी ठेगाना
३. अस्थायी ठेगाना
५. परिचय खुल्ने कागजपत्र

आयोजक:
ओखलढुंगा फाउण्डेसन

सम्पर्क :
9851358983

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read