Homeसमाचारभरतपुर महानगरपालिकाको ताजा मतपरिणाम

भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम

गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो। निर्वाचान सम्पन्न भएर कतिपय ठाउँहरुको नतिजा पनि सार्वजनिक भैसक्यो भने कति ठाउँहरुको मतगणना जारी छ।

मतगणना जारी रहेका स्थानिय तह मध्य सर्वाधिक चासो रहेका काठमाडौँ महानगरपालिका र भरतपुर महानगरपालिकाको पनि मतगणना जारी छ। काठमाडौँमा सुरुवात देखि नै स्वतन्त्र उमेद्वार बालेन्द्र शाह बालेनले अग्रता लिइरहेका छन् भने भरतपुरमा रेणु दाहाल र बिजय

भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। शुक्रबार भएको मतदानको मतगणना चलिरहँदा माओवादी केन्द्रकी रेनु दाहालले २७३ मतले अग्रता लिएकी छिन्।

अहिले २० हजार २ सय ८८ मत गणना गर्दा माओवादीकी दाहाल ६ हजार ८ सय ७० मतसहित अगाडि छन्। त्यस्तै एमालेका उम्मेदवार सुवेदीले ६ हजार ५ सय ९७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८१ मत पाएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ३५३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ४३४ मत पाएकी छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read