Homeअर्थसिक्लेस हाइड्रोपावरको आइपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

सिक्लेस हाइड्रोपावरको आइपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको  छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो ।

उक्त आईपीओ एक लाख पाँच हजार ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने आईपीओका लागि आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको भने हात खाली भएको छ । कम्पनीको आईपीओमा १५ लाख १२ हजार ५३७ जनाले आवेदन दिएका थिए ।

कम्पनीले भदौ २९ गतेदेखि असार २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासनमा ल्याएको हो । त्यसमध्ये तीन प्रतिशतअर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र पाँच प्रतिशतअर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।

उक्त आईपीओको रिजल्ट लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टमार्फत हेर्न सक्नेछन् । साथै, सिक्लेस हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read