Homeसमाचारकुन प्रदेशमा कतिले लगाए कोभिड-१९ विरुद्धको खोप?

कुन प्रदेशमा कतिले लगाए कोभिड-१९ विरुद्धको खोप?

कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज देशभरका २६ लाखभन्दा बढीलाई लगाइएको छ। कोभिशिल्ड खोप अन्य प्रदेशमा वितरण गरिएको भए पनि भेरोसेलको आपूर्ति भने बागमती प्रदेश केन्द्रित भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ र चिनियाँ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ ४२ लाख ४८ हजार डोज खोप आएको छ।

अहिलेसम्म २६ लाख चार हजार ८६६ जनालाई पहिलो डोज लगाइएको छ भने सात लाख ५७ हजार ६३५ जनालाई दोस्रो डोज लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म ३ प्रतिशत नेपालीले मात्रै दोस्रो डोज लगाएका छन्।

भारतबाट ल्याइएको कोभिशिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले र दोस्रो डोज चार लाख ५९ हजार ६२५ जनाले लगाएका छन्। यसमा सबैभन्दा बढी बागमती प्रदेशका छन्।

कोभिशिल्डको पहिलो डोज बागमती प्रदेशमा चार लाख २१ हजार ४८४ जनाले र दोस्रो डोज एक लाख ६० हजार १५३ जनाले लगाएका छन्। त्यस्तै, प्रदेशमा १ मा तीन लाख सात हजार १८६ जनाले पहिलो डोज र ५२ हजार ८२५ जनाले दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, प्रदेश २ मा तीन लाख २० हजार ५३२ जनाले पहिलो डोज र ४६ हजार १५८ जनाले दोस्रो डोज लगाएका छन्। गण्डकी प्रदेशमा एक लाख ८७ हजार ९७४ जनाले पहिलो डोज लगाउँदा दोस्रो डोज ४९ हजार ६११ जनाले मात्रै पाएका छन्।

लुम्बिनी प्रदेशमा पनि पहिलो डोज दुई लाख ७८ हजार ४७६ जनाले पाएका भए पनि दोस्रो डोज ८४ हजार १२४ जनाले मात्रै पाएका छन्। सबैभन्दा कम कर्णालीमा एक लाख सात हजार ३२८ जनाले पहिलो डोज र २८ हजार ८४८ जनाले दोस्रो डोज लगाएका छन्। सुदूरपश्चिममा पनि दुई लाख पाँच हजार ५०६ जनाले कोभिशिल्डको पहिलो डोज पाएको भए पनि ३७ हजार ९०६ जनाले मात्रै दोस्रो डोज पाएका छन्।

चीनबाट ल्याएको भेरोसेलको वितरण बागमती प्रदेश केन्द्रित भएको छ। देशभर लगाइएको भेरोसेलको पहिलो डोजमध्ये ५० प्रतिशतभन्दा बढी बागमतीमा लगाइएको छ। त्यस्तै, दोस्रो डोज त ९७ प्रतिशत बागमतीकै बासिन्दालाई लगाइएको छ।
अहिलेसम्म देशभर सात लाख ७६ हजार ६२५ जनाले पहिलो डोज र दुई लाख ९८ हजार १० जनाले दोस्रो डोज लगाएका छन्। जसमा बागमतीमा पहिलो डोज चार लाख ६९ हजार ५७८ जनालाई र दोस्रो डोज दुई लाख ८९ हजार ४३१ जनालाई लगाइएको छ।

त्यस्तै, प्रदेश १ मा ६८ हजार ९०८ जनालाई पहिलो डोज र तीन हजार २३८ जनालाई दोस्रो डोज लगाइएको छ। प्रदेश २ मा पनि ६९ हजार ७८३ जनाले पहिलो डोज पाउँदा एक हजार ६८८ जनाले मात्रै भेरोसेलको दोस्रो डोज पाएका छन्।

गण्डकीमा पहिलो डोज पाउनेको संख्या ३१ हजार ७० छ भने दोस्रो डोज एक हजार ७०८ जनाले पाएका छन्। लुम्बिनीमा पहिलो डोज ७४ हजार ३५८ जनाले पाए पनि दोस्रो डोज भने एक हजार ६ जनालाई मात्रै लगाइएको छ।

कर्णालीमा २२ हजार ५७० जनाले पहिलो डोज पाएका छन् भने ४१५ जनाले मात्रै दोस्रो डोज पाएका छन्। यस्तै, सुदूरपश्चिममा ४१ हजार १२५ जनाले पहिलो डोज पाए पनि ५२४ जनाले मात्रै दोस्रो डोज पाएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read