Homeसमाचारडिल्लीबजार जेलबाट निर्वाचन आयोग पुगेका रेशम चौधरी किन बसे तटस्थ ?

डिल्लीबजार जेलबाट निर्वाचन आयोग पुगेका रेशम चौधरी किन बसे तटस्थ ?

जनता समाजवादी पार्टी जसपाको विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताएका थिए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गराएको हो ।

सांसद चौधरीले भने, “जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन, मेरा लागि पक्ष जसपा हो र विपक्ष पनि जसपा हो, म जसपाको एउटा कार्यकर्ता हुँ, आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ, मेरो मुद्दामा राजनीतिक दल, मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरुको दृष्टिकोण हो ।”

डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका चौधरीले महन्थ ठाकुर र उपेन्द्र यादवसित छलफल गरेपछि तटस्थ बस्ने निर्णय गरेका हुन् ।आफू अन्यायमा परेको भन्दै चौधरीले न्यायको माग गरे । बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका उनले राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको बताएका छन् । ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला’, उनले भने ।

कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’ उनले भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय।’

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि चौधरी जेलमा छन् । उनी ०७४ सालको चुनावमा कैलालीबाट राजपाका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर दोषी ठहर भएपछि उनी जेलमा छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read