Homeसमाचारमतदाता नामावलीमा आफ्नो विवरण सच्याउनुपर्ने छ भने यसरि अनलाइनबाट दिन सकिन्छ निवेदन

मतदाता नामावलीमा आफ्नो विवरण सच्याउनुपर्ने छ भने यसरि अनलाइनबाट दिन सकिन्छ निवेदन

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ। निर्वाचनमा भाग लिन मतदाता नामावलीमा आफ्नो विवरणमा भरेकाहरुको कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा अनलाइन वा फ्याक्सबाट निवेदन दिन सकिने भएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।

यसपछि आयोगले संकलित मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । यसअन्तर्गत आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाना नामावली अद्यावधिक (दाबी विरोध समेत) को कार्यक्रम सञ्चालमा हुने आयोगले जनाएको छ ।

यो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, परिवारका सदस्याको मृत्य भए विवरण हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदान स्थल भए पायक पर्ने स्थलमा नाम सार्न निवेदन दिन सकिने लगायतका विषय कार्यक्रममा समावेश गरिएको छ ।

आयोगले नामावली अद्यावधिक कार्यका लागि ईमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिने व्यवस्था ल्याएको छ । यसपछि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read