Home समाचार आजको मौसम: पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना

आजको मौसम: पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना

आज राति पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read