Homeअर्थइमर्जिङ नेपालको आईपीओ बाँडफाँड सम्पन्न, यी ४ तरिकाबाट हेर्न सकिन्छ रिजल्ट

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड सम्पन्न, यी ४ तरिकाबाट हेर्न सकिन्छ रिजल्ट

इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो ।

जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५ हजार ६७० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११÷११ कित्ता हात पारेको कम्पनीले जनाएको छ ।

सेयर खदिका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो भने, बाँकी योग्य लगानीकर्ताहरुलाई आगोलाप्रथामा सामेल गराइएको थियो । जसमध्येबाट ५ हजार ६७८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खालि भएको छ ।

कम्पनीले गत माघ २६ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि क्रिी खुल्ला गरेको थियो ।

कम्पनीको आईपीको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङ्गको मेरो शेयरको वेवासइट https://meroshare.cdsc.com.np/#/login, सीडीएसले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/, इमर्जिङ्ग नेपाल कम्पनीको वेवसाइट https://emergingnep.com/ र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेवसाइट https://www.nicasiacapital.com/ipo-result बाट हेर्न हेर्न सकिन्छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read