आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज रुपैयाँले ३५ घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।