Home समाचार वडाध्यक्ष नआएको झोकमा वडा कार्यालयमा आगजनी, हात काट्छु भन्दै धम्की !

वडाध्यक्ष नआएको झोकमा वडा कार्यालयमा आगजनी, हात काट्छु भन्दै धम्की !

सुर्खेतमा बुधवार एउटा वडा कार्यालयमा आगजनी भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को वडाध्यक्षको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाइएको हो ।

वडाध्यक्ष गंगाराम सुनारका अनुसार आफू नगरपालिकाकै कार्यक्रममा भएका बेला एक व्यक्तिले कार्यालयकै टेलिफोनबाट धम्की दिएका थिए ।

‘१० बजेर ४ मिनेटमा तपाईंको ढाड चिलाएको छ कि हात चिलाएको छ ? तपाईंको हात काट्नुपर्ने भयो छिटो आउनुस् भनेर फोन आयो,’ उनले भने, ‘म नगरपालिकाकै कार्यक्रममा छु, आज कार्यवाहक हुनुहुन्छ, मैले नै साइन गर्नुपर्ने भए साधन छ भने यतै आउनुस् नभए म त्यहीँ आउँला भनेर फोन राखेँ ।’ त्यसको केहीबेरमा फेरि फोन गरेर ‘तपाईंको कार्यकक्षमा आगलागी र तोडफोड हुन्छ’ भनेर धम्क्याएको वडाध्यक्ष सुनारको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले आगलागीबाट फर्निचर, कुर्सीलगायतमा क्षति भएको बताए । उनका अनुसार घटनास्थलबाट आगलागीमा प्रयोग भएको एउटा बोतल पनि बरामद गरिएको छ । ‘घटनाको अनुसन्धान भइरहेको छ, अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ उनले भने, ‘किटानी जाहेरी पनि अहिलेसम्म आइसकेको छैन ।’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read