Homeसमाचारअन्तर बैंक एटीएम प्रयोगमा आगामी माघ १ देखि शुल्क लाग्ने

अन्तर बैंक एटीएम प्रयोगमा आगामी माघ १ देखि शुल्क लाग्ने

कोरोना भाइरसले जनजीवनलाई पारेको असरलाई सहजीकरण गर्न नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएम प्रयोगमा शुल्क लिन नपाईने निर्देशन बैङ्कहरुलाई गरेको थियो तर आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो ।

कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई दिएको निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

तर शुल्कका लागि नयाँ शर्त राष्ट्र बैंकले तोकेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले महिनाको २ पटक सम्म एक बैंकको एटिएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा पनि शुल्क लिन पाउने छैनन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read