Homeसमाचारभेरोसेल लगाएकालाई कोभिशिल्डको बुस्टर डोज दिन मिल्छ ?

भेरोसेल लगाएकालाई कोभिशिल्डको बुस्टर डोज दिन मिल्छ ?

सरकारले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोजमा पहिलेको भन्दा फरक खोप दिने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजमा फरक खोप दिने निर्णय गरेको हो ।

जस अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई बुस्टर खोप प्रदान गर्दा पहिले कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिशिल्ड वा अस्ट्राजेनिका खोप दिने भएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्र दिन सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्रजेनिका दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

त्यस्तै विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाको हकमा दोस्रो मात्रा कोभिशिल्ड वा अस्ट्राजेनिका खोप प्रदान गरिने छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read