Homeसमाचारआजको मौसम कस्तो? भारि बर्षा हुने सम्भावाना कति ?

आजको मौसम कस्तो? भारि बर्षा हुने सम्भावाना कति ?

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।

अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन ।

तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको वर्षासँगै छोटो समयमा लागि केही ठाउँमा ठूलो वर्षा हुन सक्छ । यस्तै, आज राति प्रदेश-१, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा छोटो समयका लागि ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read