Homeसमाचारवीरगञ्जमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका २ संक्रमितको मृत्यु

वीरगञ्जमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका २ संक्रमितको मृत्यु

पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवैजना पुरुष रहेका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगर का ७३ बर्षीय पुरुषको आज बिहान ४ः३० बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

स्वाश प्रश्वासमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो संक्रमितको अवस्था झन जटिल बन्दै गएपछि भेन्टीलेटरमा राखेर उपचार भईरहेकोमा आज बिहान मृत्यु भएको डाक्टर सिंहले बताए ।
मृतक पुरुषले यसअघि कोरोना संक्रमण विरुद्धको कोभिसिल्ड खोपको दुई डोज समेत लगाएका थिए ।

यस्तै नारायणी अस्पतालमै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको र आज बिहान ७ः३० बजे उपचारको मृत्यु भएको हो ।

मृतक पुरुषले यस अघि कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको दुई डोज समेत लगाएका थिए । कोरोनाको तेस्रा लहरमा हालसम्म वीरगञ्जमा ६ जनाको मृत्यु भएको ।

हाल वीरगञ्जको नारायणी अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये ६ जनाको अवस्था गम्भिर रहेको कोभिड संयोजक डा सिंहले बताए ।

तेस्रो लहरमा मृत्यु भएका ६ जनामा नै कोभिड निमोनिया दिएकोले वीरगञ्जमा ओमिक्रोन संगसंगै डेल्टा भेरिएन्टको संक्रमण पनि हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन्

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read