Home खेलकुद अफ्रिदीको पहिलो बलमा पवनले हाने छक्का

अफ्रिदीको पहिलो बलमा पवनले हाने छक्का

ललितपुर प्याट्रियट्सका ब्याट्सम्यान पवन सर्राफले साहिद अफ्रिदीको पहिलो बलमै छक्का हानेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा अफ्रिदी सबभन्दा ठूलो नाम हो । पाकिस्तानका अलराउन्डर अफ्रिदी छैटौं ओभरमा बलिङ गर्न आएका थिए । क्रिजमा थिए शंकर राना र पवन सर्राफ ।

त्यसपछि स्ट्राइकमा आएका पवनले आफूले सामना गरेको पहिलो बलमै छक्का हाने थिए । दोस्रो बलमा दुई रन लिएका पवनले तेस्रो बलमा चौका हानेका थिए । अफ्रिदीले पहिलो ओभरमा १४ रन दिएका थिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read