Homeसमाचारकिन स्थगित गरियो संसद्‍ बैठक ?

किन स्थगित गरियो संसद्‍ बैठक ?

माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। कोभिड-१९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read