Home खेलकुद सन्दिप लगाएत कुनैपनि नेपाली खेलाडी बिकेनन् पीएसएलमा

सन्दिप लगाएत कुनैपनि नेपाली खेलाडी बिकेनन् पीएसएलमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगमा नेपालबाट ड्राफ्टमा परेका सन्दिप लामिछाने लगाएतका कुनैपनि खेलाडी विक्री भएनन्।

पीएसएलको ड्राफ्टमा यसपाली १० नेपाली क्रिकेटर परेका थिए। आइतबार लाहोरमा जारी पीएसएलको ड्राफ्टमा नेपाली खेलाडीलाई कुनैपनि टिमले अनुबन्ध गरेन।

नेपाली लेगस्पिनर सन्दीप लामिछानेल पीएसएलको सन्दीप ‘प्लाटिनम’ श्रेणीमा थिए। यो सर्वाधिक महँगो मूल्यको क्याटेगोरी हो। सन्दीपलाई कसैले पनि टिमले लिएन।

यस अघि सन्दीप सन् २०१८ मा लाहोर कलन्दर्सबाट खेल्दै पीएसएलमा डेब्यू गरेका थिए। सन् २०१८ मा सन्दीप गोल्ड क्याटेगोरीमा लाहोरमा अनुबन्ध भएका थिए।

गत संस्करणमा प्लाटिनम क्याटेगोरीमा रहेका सन्दीपलाई कुनैपनि टिमले अनुबन्ध गरेको थिएन। पीएसएलको तेस्रो सिजन खेलेका सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए।

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका थिए।

यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी,करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका थिए।

सिल्भर क्याटेगोरीमा रहेका नेपाली नौ खेलाडीपनि विक्री हुन सकेनन्। यसमा पहिलोपटक नेपालबाट नौ खेलाडी ड्राफ्टमा परेका थिए। तर, कसैले पनि नेपाली खेलाडीमा चासो देखाएनन्।

यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको थियो।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read