नेपाली गायिका स्मिता दाहालले गाएको हिन्दि गीत ट्रेण्डिङ्गमा परेको छ। प्रचण्डकि नातिनी स्मिता दाहाल तथा शबाब सब्रीले गाएको ‘ईवादत बन गै’ गीत म्युजिक तर्फको ट्रेण्डिङ्गमा अहिले २५ मा छ।
टि सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट रिलिज भएको गीत नेपालमा म्युजिक तर्फबाट ट्रेण्डिङ्गमा परेको हो। म्युजिक भिडियोमा मा स्मिता दाहाल संगै अर्जुन बिज्लानी फ़िचर्ड छन्। गीतमा संगीत पनि गायक शबाब सब्रीकै छ। गीतको शब्द भने कर वाहिले लेखेका हुन्। म्युजिक भिडियोमा निर्देशन राजीव एस रुइयाले गरका छन् ।