Homeमनोरञ्जनगडवाली गीत ‘थल कि बजार’को नेपाली रिमेक ‘असन बजार’को म्युजिक भिडियो सार्वजनिक

गडवाली गीत ‘थल कि बजार’को नेपाली रिमेक ‘असन बजार’को म्युजिक भिडियो सार्वजनिक

चर्चित गडवाली गीत ‘थल कि बजार’को नेपाली रिमेक ‘असन बजार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार नोभिस आर्टस बाट रिलिज गरिएको गीतमा थल कि बजारका गायक बिके समन्तले नै स्वर र संगीत दिएका छन् ।

सार्वजनिक गीतमा गायक प्रताप दास, सुप्रिया खनाल र आशिष कोइरालाले अभिनय गरेका छन् । असन बजारलाई हर्क साउँदले नेपालीमा शब्द रचना गरेका हुन् । नोभिस आट्र्स ब्यानरमा निर्माण भएको गीतको भिडियोमा जीवन स्वाँरको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजनिक गीतमा सह कलाकारको रुपमा विप्लव श्रेष्ठ र उमेश खत्रीले समेत अभिनय गरेका छन् । केबिका खत्रीको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङ्गको छायांकन र राकेश दाहालको सम्पादन रहेको छ ।

भिडिओ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read