Homeमनोरञ्जनमनोज बस्नेतको निर्देशनमा "हेरेको हेर्यै" सार्वजनिक

मनोज बस्नेतको निर्देशनमा “हेरेको हेर्यै” सार्वजनिक

निर्देशक मनोज बस्नेतको निर्देशनमा सन्तोष सुनारको नयाँ गीत “हेरेको हेर्यै ” सार्वजनिक भएको छ। ‘एट के एभेरेस्ट मोसन पिक्चर्स’ युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा सुशान्त खत्री, श्वेता खत्री र सन्तोष सुनार स्वयम् फ़िचर्ड छन्।

गीत सन्तोष सुनारकै शब्द , संगीत र स्वरमा तयार भएको हो। गीतको म्युजिक प्रोड्युसर भने ब्रिजेस श्रेष्ठले गरेका छन्। गीतमा निश्चल भण्डारीको मिक्सिंग मास्टरिङ्ग रहेको छ।

राज पोखरेल र गोपाल रायको सिनेमाटोग्राफ़िमा तयार भएको भिडियोमा डिओपि राम कुमार केसीको रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन तथा कलर रहेको छ। भिडियोमा शुसांत खत्री स्वाम अनि राजिव समरको कोरियोग्राफी रहेको छ। गीतलाई रुबेल बस्नेत र रुन्र्ण बस्नेतले निर्माण गरेका छन्।

भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read