Homeमनोरञ्जनबाबुल गिरीको स्वरमा गीतकार बिदुर राज गिरीको "ब्यथा" सार्वजनिक

बाबुल गिरीको स्वरमा गीतकार बिदुर राज गिरीको “ब्यथा” सार्वजनिक

आम मानिसहरुको जीवनमा हुने उतार चढाबको कथा लाई ब्यथा बनाई आफ्नै शब्दमा गीतकार बिदुर राज गिरीले बाबुल गिरीको म्युजिक तथा आबाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ” ब्यथा” लिएर आएका छन।

कलाकर्मीको दुख र वेदनालाई झल्काउन खोजिएको उक्त म्युजिक भिडियो नीकै मार्मिक रहनुका साथै गीत कर्णप्रीय र जीबन्त रहेको छ । उक्त म्युजिक भिडियोको कथा तथा प्रोडक्सन सुजता गिरीले गरेकि हुन भने । चर्चित युबा डाइरेक्टर उमेश गुरुङको बेजोड डाइरेक्सन उक्त गीतमा देख्न पाइन्छ ।

गीतमा बिनोद श्रेष्ठ , स्वानिका बास्तोला बाल कलाकार ब्रीजेस राज गिरी , सुजता गिरी स्वयम् बिदुर राज गिरी ,प्रदिप गिरी ,सुचना भट्ट ,सरोज ढकाल ,बिनोद ढकाल,पृथ्वी नारायण अधिकारि लगायत अन्य कलाकारहरुको बेजोड र मार्मिक कला प्रस्तुत गरिएको छ।

यस अघि गिरीले गायक शिव परियारको आबजमा ” लजालु नयन ” प्रमोद खरेल र बानिका प्रधानको आबजमा “शिव बम बम” साथै टीका बोम्जनको आबाजमा “पर्देश बाट तिमी फर्की आउ ” आफ्नै “बिदुर राज गिरी ” युटुब च्यानलबाट प्रसारण गरि सकेका छन ।

म्युजिक भिडियो तल लिन्कमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read