Homeअनौठो कुराप्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन पुगे प्रेमी

प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ ।

प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए । तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे ।

ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए । म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फेल हुने डर भएपछि म्बौपले योजना बनाए । प्रेमिकाको कपडा लगाएर उनी जाँच दिन गए । तीन दिन कसैले थाहा पाएन ।

चौथो दिन एक सुपरीवेक्षकलाई शंका लाग्यो । अनि उनलाई प्रहरीसमक्ष बुझाइयो । प्रेमी तथा प्रेमिकाविरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ । उनीहरू दोषी ठहरिएमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन् ।

उनीहरूलाई अधिकतम पाँच वर्षको सजाय पनि हुन सक्छ ।

एजेन्सी
TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read