Home समाचार माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले (समाजवादी ), चुनाव चिन्ह :...

माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले (समाजवादी ), चुनाव चिन्ह : खुला किताब

एमाले माधव नेपाल समूह नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेको छ । राष्ट्रपति कार्यालयबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै आजै नयाँ दल दर्ताको प्रक्रियाका लागि नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा छन् ।

नयाँ दलको चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार  नेकपा एमाले समाजवादी वा नेकपा समाजवादी मध्ये एक नाम हुनेछ ।

‘धेरै संभावनाहरूमध्ये विकल्प निर्वाचन आयोगबाटै हेर्ने भनिएको छ । नेकपा एमाले समाजवादी वा नेकपा समाजवादी यस्तै मध्ये कुनै एकमा हेर्ने भन्ने छलफल भएको छ’, उनले भने ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read