Homeफिल्मबलिउडपवनदीप राजन बने इण्डियन आइडल १२ को विजेता, को हुन् उनी...

पवनदीप राजन बने इण्डियन आइडल १२ को विजेता, को हुन् उनी ?

१२औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन्। आइतबार भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन् । उनले फाइनल पुगेका अरु पाँच जनालाई पछि पार्दै उपाधि उचालेका हुन् ।

फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै उनले अवार्ड जितेका हुन् । चम्पावतका २५ वर्षीय राजत गायनका साथसाथै वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन् । उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।

पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन् । उनका दुई बहिनी पनि छन् ।

कलेजका दिनहरुमा पवनदीपले युथ फेस्टिभलमा भाग लिएका थिए । जहाँ उनले गीत गाए । र बाजा पनि बजाए । उनी ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए । उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । उनले ५० लाख भारतीय रुपियाँ पनि जितेका थिए । साथै, अल्टोको कार पनि प्राप्त गरेका थिए । यसका साथै, उनले युनिभर्सल म्यूजिक ग्रुपसँग पनि पहिलो गीत रिलीज गर्ने कन्ट्र्याक्ट गरेका थिए ।

पवनदीपले सन् २०१५ मा ‘यकीन’ गीत रिलीज गरेका थिए । उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर पनि चुनिएका थिए । उनले सन् २०१६ मा एरोन हारुन राशिदसँग  एल्बममा गीत पनि गाएका थिए । उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए ।

पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए । उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।


TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read