Home Uncategorized कमेडी च्याम्पियन आगामी सातादेखि प्रशारणमा आउने

कमेडी च्याम्पियन आगामी सातादेखि प्रशारणमा आउने

चर्चित रियालिटी सो कमेडी च्याम्पियनको दोस्रो सिजन फेरि सञ्चालनमा आउँने भएको छ । कोरोना संक्रमणका कारण बीचमै रोकिएको प्रशारण अब आगामी सातादेखि हुने बताइएको छ ।

निर्माण टिमले यस साता छायांकन गरी अर्को साता प्रशारण गर्ने तयारी गरेका छन् । यसअघि कोरोनाभाइरसको बढ्दो जोखिमका कारण छायांकन अनिश्चितकालका लागि बन्द गरिएको थियो । झण्डै डेढ महिनादेखि बन्द भएको यस शो १६ भागसम्म प्रशारण भएको थियो ।

उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको थियो । विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार बेलुका प्रशारण हुनेछ ।
कार्यक्रमका निर्माता विशाल भण्डारी तथा जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read