Home समाचार राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्।

नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बताइएको छ।

अध्यादेश स्वीकृत भएसँगै माधव नेपाल समूह आयोग गएर नयाँ दल खोल्ने तयारीमा छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read