Homeअन्तर्राष्ट्रियहाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइतेएक...

हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइतेएक महिने राष्ट्रिय आपतकाल घोषणा

हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।

त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंगि्रदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ । जसमा लाखौँले ज्यान गुमाएका थिए । २०१० को भूकम्पले क्षति पुर्‍याएको हाइटीमा पुनर्निमार्णको कामसमेत पूरा नहुँदै पुन: शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read