Home समाचार निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा आईतबार नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।

‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं, अदालतबाट म्याद थपाएर केही बेरमा सार्वजनिक गछौं, ‘उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय बीस रुपैयाँ नगद पनि बरामद भएको छ,’ डीएसपी थापाले भने ।

प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको अन्य नाम भने सार्वजनिक गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read