Homeसमाचारमनसुन फेरि सक्रिय, अझै केही दिन पानी पर्ने र यी ठाउँहरुमा भारी...

मनसुन फेरि सक्रिय, अझै केही दिन पानी पर्ने र यी ठाउँहरुमा भारी बर्षा हुने (आगामी तीन दिनको मौसम पूर्वानुमान)

नसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान

महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ। त्यसैको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मनसुनको सक्रियता बढेकाले केही दिन पानी पर्ने बताइन्। ‘अघिल्लो साताभन्दा मनसुन केही सक्रिय भएको छ। अब तीन दिन पानी पर्ने देखिन्छ। लगातार झरी पर्ने नहुन सक्छ तर पानी पर्ने,

रोकिने हुन्छ,’ नगरकोटीले भनिन्।

आगामी २४ घन्टामा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन ३१ गते (आइतबार)

दिउँसो: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

२०७८ साउन ३२ गते (सोमबार)

दिउँसो: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

राती: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भदौ १ गते (मंगलबार)

दिउँसो: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read