Homeलेख रचनाहरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख बिक्यो, पैसा कति कमायो ?

हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख बिक्यो, पैसा कति कमायो ?

अभिनेता हरिवंश आचार्यको आत्मसंस्मरणात्मक कृति ‘चिना हराएको मान्छे’ एक लाख प्रति बिक्री भएको छ । हरिवंश स्वयंले फेसबुकमा आफ्नो कृतिलाई एक लाख पाठकले किनेको जानकारी दिएका हुन् ।

‘यहाँहरूको मायाले गर्दा चिना हराएको मान्छेको एक लाख प्रति अर्थात् शतसहस्र संस्करण प्रकाशन भएको छ । प्रकाशक फाइनप्रिन्ट, आदरणीय पाठकवर्ग तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु’ उनले लेखेका छन् ।

‘चिना हराएको मान्छे’ २०७० साल वैशाखमा सार्वजनिक भएको थियो । सार्वजनिक भएलगत्तै यसले बिक्रीमा कीर्तिमान कायम गरेको समाचार आएका थिए । हरिवंशले यो पुस्तक यसरी नै पाठकको माया पाउला भन्ने सोचेका भने थिएनन। उनी भन्छन ,‘खासमा यसको सुरुवात किताब लेख्ने वा किताब बन्छ भनेर भएको थिएन, ‘धेरैले यो किताबलाई गद्यमा लेखिएको शोककाव्य पनि भनेर भन्नुभएको छ । यो किताब त्यतिबेला लेख्न सुरु गरेको थिएँ जति म श्रीमती वियोगमा विक्षिप्त थिएँ । मीरालाई गुमाएपछि उनीसँगका सम्झना लेखेर बस्थेँ । आफ्नो दुःख अरुलाई सुनाएर पनि काम थिएन ।’

किताब छाप्दासम्म उनलाई आफ्नो यो किताब धेरै बिक्री होला भन्ने लागेको थिएन । तर अहिले किताबले १ लाख क्रेता पाएकामा हरिवंश दंग छन् ।

हरिवंशको यो किताब बिक्री भएको संख्या, किताबको मूल्य र लेखकले पाउँदै आएको रोयल्टीको अभ्यास हेर्दा उनले ‘चिना हराएको मान्छे’बाट मात्र झन्नै एक करोड रुपैयाँ हाराहारी कमाइ गरेको अनुमान गर्न सकिन्छ । हरिवंशले यो किताबपछि ‘हरिबहादुर’ शीर्षकको उपन्यास पनि लेखेका थिए तर यो किताब भने उति रुचाइएन । अब भने हरिवंश निबन्ध संग्रह निकाल्ने तयारीमा छन् । ‘निबन्धको पाण्डुलिपि तयार छ । यो वर्षभित्र आउन सक्ने उनको निबन्ध संग्रहको न्वारन भने भइसकेको छैन ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read