Home खेलकुद मेस्सी पिएसजीको टोलीमै परेनन्

मेस्सी पिएसजीको टोलीमै परेनन्

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले गत साता बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गरे । तर मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न भने केहि समय कुर्नुपर्ने भएको छ ।

मेस्सी आइतबार विहान (शनिबार राती) हुने स्ट्रासबर्गविरुद्ध लिग खेलको लागि पिएसजीको टोलीमा नै परेका छैनन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ सदस्यीय टोलीमा मेस्सीसँगै डिफेन्डर सर्जियो रामोसले पनि स्थान बनाउन सकेनन् । यसै सिजन भित्रिएका गोलरक्षक जियानलुइजी डोनारुम्माले पनि डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ ।

टोलीमा भर्खर अनुबन्ध भएका डिफेन्डर अक्रफ हाकिमी र मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डम भने टोलीमा समेटिएका छन् । ब्राजिलियन स्टार नेयमार, डिफेन्डर मार्किन्हस, मिडफिल्डर मारको भेराट्टी र डिफेन्डर लिएन्द्रो पारेडेस पनि टोलीमा रहेका छैनन् । युरो र कोपा अमेरिकामा व्यस्त रहेका यी खेलाडी केहि समय प्रशिक्षणपछि मात्र टोलीमा फर्कनेछन् ।

झन्डै आधा दर्जन स्टार खेलाडी टोलीमा नहुँदापनि पिएसजीले बलियो टोलीको घोषणा गरेको छ । पिएसजीले ट्रान्सफर विन्डो अन्त्य हुनुअघि केहि खेलाडी बेच्नुपर्ने छ । त्यसैले पनि टोलीका मुख्य खेलाडीलाई विश्राम दिएको आँकलन गरिएको छ ।

पिएसजीको २२ सदस्यीय टोली :

नाभास, रिको, फ्रान्ची, हाकिमी, किम्पेम्बे, डियालो, केहरर, बित्शिआबु, बितुमाजाला, राफिन्हा, ड्यानिलो, वाइनाल्डम, हरेरा, ड्राक्सलर, सिमोन्स, घारबी, एबिम्बे, मिचुत, सराबिया, इकार्डी, एमबाप्पे र कालिमुएन्दो

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read