Homeसमाचारसिइडिबी हाइड्रोपावरले आइपिओ निष्कासन गर्न पायो अनुमति

सिइडिबी हाइड्रोपावरले आइपिओ निष्कासन गर्न पायो अनुमति

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनको लागि अनुमति पाएको छ।

कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता सर्वसाधारण समूहको सेयर जारी गर्नेछ। कुल ८३ लाख ९४ हजार १ सय कित्ता सेयर जारी भएको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागेको हो।

७० प्रतिशत सेयर संस्थापक समूहको छ। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटलले जिम्मा लिएको छ। कम्पनीले अबको २ महिनाभित्र सर्वसाधारणलाई आइपिओ जारी गर्नेछ।

कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारेखोला, ५ मेगावाटको रुकुम गढ हाइड्रोपावर तथा १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक आयोजना बनाउने छ। ४.४ मेगावाटको राधी स्मल हाइड्रोपावर र ४ मेगावाटको खुदी हाइड्रोपावर संचालनमा रहेको कम्पनीले जनाएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read