Homeसमाचारसर्वदलीय बैठक जारी, को-को छन् सहभागी

सर्वदलीय बैठक जारी, को-को छन् सहभागी

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल,प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्। त्यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी भएका छन्।

जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी भएका छन्। राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन्।

बैठकको सुरु गर्दै प्रधानमन्त्री ओली कोभिडको बढ्दो महामारी र सरकारको तर्फबाट चालिएका कदम लगायतका विषयमा छलफल हुने बताए।बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छैनन्। त्यस्तै, जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्।

प्रधानमन्त्री आफैंले विभिन्न दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका थिए।खासगरी मुलुकमा देखापरेका विभिन्न समस्या तथा पछिल्लो समय बढेको कोरोना जोखिमलगायत विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको  बताइएको छ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read