Homeसमाचारस्याउ अर्डर गर्दा आईफोन पाएपछि…

स्याउ अर्डर गर्दा आईफोन पाएपछि…

प्राय: कुनै न कुनै अनलाइन अर्डर गरिएको प्रोडक्टको ठाउँमा गल्तिवश केही भिन्दै प्राप्त भएको सुन्ने गरिन्छ ।कहिले कसैलाई नराम्रो र कम मूल्यको सामान प्राप्त हुन्छ भने कसैलाई केही नयाँ र भिन्दै ।यद्यपि, एक व्यक्तिलाई स्याउको अर्डरमा आइफोन एसई प्राप्त भएको छ ।यसमा कम्पनीबाट कुनै गल्ति पनि भएको छैन ।

इङ्ल्याण्डका वासिन्दा एक व्यक्ति आश्चर्यमा परे, जब उनले टेस्कोबाट एक झोला स्याउ अर्डर गर्दा नयाँ आइफोन प्राप्त भयो ।यो उक्त कम्पनीबाट भएको कुनै किसिमको गल्ति थिएन ।तर यो कम्पनीको एउटा सुपर सब्सटिच्यूट प्रमोशनको अंग थियो ।इङ्ल्याण्डको ट्रवीकेहमका बासिन्दा निक जेम्सले स्थानिय टेस्को सुपरमार्केटमा आफ्ना लागि स्याउ अर्डर गरेका थिए ।

तब, एक जना स्टाफले उनको ब्यागमा एउटा सरप्राइज भएको बताए ।त्यस पछि जे भयो, त्यसले निकलाई आश्चर्यमा पाऱ्यो ।निकलाई एक झोला स्याउ किन्दा फ्रीमा आईफोन सी दिइएको थियो ।त्योसंगै अर्डर गरिएको स्याउ पनि दिइएको थियो ।

ती व्यक्तिले टेस्को र टेस्को मोबाइललाई धन्यवाद दिँदै उक्त कुरालाई आफ्नो ट्विटरमा शेयर गरेका छन् ।निकलाई यस प्रकारको सरप्राइजको अनुमान नभएको द मिररलाई बताएका थिए ।

‘मलाई सरप्राइजमा ईस्टर एग अथवा त्यस्तै केही हि होला जस्तो लागेको थियो’ उनले भनेका छन्–‘आइफोन देखेर म हैरान भएँ ।’वास्तवमा टेस्को मोबाइलले यो हप्ता एउटा प्रमोशन क्यापेन अनुरुप एप्पल आइफोन, आईपोड र सामसुङ डिभाइसहरु निशुल्क दिइरहेको थियो ।

ती प्रोडक्टहरु आफ्ना ग्राहकहरुलाई दिनका लागि कम्पनिले रेन्डम तरिकाहरु अपनाइरहेको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read