Homeसमाचारटिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जाल टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।फोटो इडिट गरी टिकटकमा ट्रोल बनाई चरित्रहत्या गर्ने नियतले भिडिओ पोस्ट गरेको अभियोगमा झापास्थित मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने सोमप्रसाद घिमिरे पक्राउ परेका हुन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडाैंको आदेशले शुक्रबार ७ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read