Home समाचार भारतमा कोरोना खोप बनाइरहेको सेरम कम्पनीका सिइओ परिवारसहित लण्डन भागे

भारतमा कोरोना खोप बनाइरहेको सेरम कम्पनीका सिइओ परिवारसहित लण्डन भागे

भारतमा कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका सिइओ अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् ।

भारतका शक्तिशाली व्यक्तिहरुको धम्कीका कारण आफू भारत छाडेर बेलायत पुगेको उनले बताएका छन् ।

लण्डन पुगेका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको अभिव्यक्ति दिएका छन् ।

उनले लण्डनको अखबारलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखे अनुसार कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरुले उनलाई फोनमार्फत उग्रभाषामा धम्क्याएका थिए ।

सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ। पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो । तर पनि उनी आफू असुरक्षित भएको भन्दै उनी पत्नी र छोरासहित लण्डन पुगेका हुन्।

‘म लण्डनमा अहिले तय भएको भन्दा बढी समय रहन्छु’, उनले त्यहाँको अखबारलाई भनेका छन्, ‘यो स्थितिमा म फर्कन सक्दिनँ । सबै मेरो काँधमा आइपर्यो तर म एक्लै त्यो गर्न सक्ने अवस्थामा छैन।’

भ्याक्सिनका लागि भारतीय शक्तिशाली व्यक्तिदेखि नागरिकसम्म उग्र रुपमा प्रस्तुत भएको बताउँदै उनले त्यसको दबाब झेल्न नसक्ने बताएका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read