Homeसमाचारललितपुरकाे लुभुबाट आउँदै गरेकाे बस इमाडाेलमकाे बीच सडकमै पल्टियाे, १९ जना घाइते

ललितपुरकाे लुभुबाट आउँदै गरेकाे बस इमाडाेलमकाे बीच सडकमै पल्टियाे, १९ जना घाइते

ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन्।

प्रहरी प्रभाग इमाडोलका अनुसार आज (शनिबार) बिहान करिब ५:३० बजेतिर लुभु सानागाँउबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुको बी एण्ड बी र किस्ट अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ। बसमा २४ जना सवार थिए।

तीव्र गतिका कारण बस अनियन्त्रित भइ आफैं पल्टिएको प्रहरीको अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read