HomeUncategorizedआज यी ठाउँमा पानी पर्ने सम्भावना

आज यी ठाउँमा पानी पर्ने सम्भावना

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी ठाउँमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सफा रहनेछ ।

कोशीका तराई र पहाडी, बागमती र गण्डकीका केही पहाडी भूभाग साथै बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read