Homeसमाचारगोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

गोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

१ पुस गोरखा । गोरखाको भिमसेन गाउँपालिकास्थित सिमलाफेद नजिकै तान्द्राङ भन्ने स्थानमा यात्रु बस दुर्घटना भएको छ ।

दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको रात्रीबस आज बिहान करिव ५ बजे दुर्घटनमा परेको थियो ।

ग १ ख ९४४६ नम्बरको यात्रुबस सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्दार गरेका थिए ।

घाइतेहरुको आरुघाट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा ३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read