Homeसमाचारउम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण, कुन क्षेत्रमा कति खर्च गर्न पाइन्छ...

उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण, कुन क्षेत्रमा कति खर्च गर्न पाइन्छ (सूचीसहित)

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिएको छ।

आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरी खर्चको सीमा निर्धारण गरेको हो। २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ।

काठमाडौं जिल्लाका ५ ओटा निर्वाचन क्षेत्रमा अधिकतम २५ लाख रुपैयाँभन्दा बढी चुनाव खर्च गर्न नपाउने आयोगले सीमा तोकेको छ काठमाडौंका बाँकी ५ ओटा निर्वाचन क्षेत्र, ललितपुर, भक्तपुर सहित १७ निर्वाचन क्षेत्रमा अधिकतम २७ लाख रुपैयाँसम्म चुनाव खर्च गर्न पाउने छन् ।

तराईका अधिकांश जिल्लामा भने अधिकतम २९ लाख रुपैयाँ मात्रै खर्च गर्न पाइने छ । २९ लाखको सीमा तोकिएका निर्वाचन क्षेत्र ६५ ओटा छन् । तराईका भित्रि पहाडी क्षेत्र सहित भित्रि मधेसका जिल्लामा अधिकतम ३१ लाख रुपैयाँ खर्चको सीमा तोकिएको छ । यस्तो निर्वाचन क्षेत्र ५२ ओटा रहेका छन् ।

हिमाली र पहाडी जिल्लाका २६ ओटा निर्वाचन क्षेत्रमा भने अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले सार्वजनि गरेको सूचीमा उल्लेख छ ।

कहाँ कति खर्च गर्न पाइन्छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read