Home समाचार आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो, के–के गर्न पाइन्छ, के पाइँदैन ?

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो, के–के गर्न पाइन्छ, के पाइँदैन ?

१० दिनका लागि काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप गरिएपनि निषेधाज्ञा भने केहि खुकुलो भएको छ । उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको हो । अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् । आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ ।

तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । यस्तै वर्कसप पनि खुला गरिएको छ । काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने छन् ।अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ ।

 

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read