Homeसमाचारआज सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी, अभियाेग पत्रमा कति गरियाे सजायकाे...

आज सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी, अभियाेग पत्रमा कति गरियाे सजायकाे माग ?

नाबालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध आज सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा अदालतमा पेश गर्न लागिएको हो।

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

लामिछानेलाई प्रहरीले चार पटक अदालत पुर्याएर म्याद थपेको छ । पहिलोपटक असोज २४ गते सात दिन,दोस्रोपटक असोज २७ गते पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले पछिल्लो पटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो ।

उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ ।

सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिक बलात्कार गरेको आरोप लागेका सन्दिपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read