Homeसमाचारफ्राइडे रिलिज : हलमा लागे ‘जय हो’ र ‘महानगर’

फ्राइडे रिलिज : हलमा लागे ‘जय हो’ र ‘महानगर’

फ्राइडे रिलिज अन्तर्गत दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘जय हो’ र ‘महानगर’ शुक्रवारबाट हलमा लागेका हुन् ।

टेक पौरखी राईको निर्देशनमा बनेका फिल्म ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ । यो फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको यो फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । यो फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

त्यस्तै, ‘महानगर’मा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन् । मोहन राईको कथा एवं निर्देशन रहेको फिल्ममा जीवन बराल, परीक्षित विक्रम राणा, रमेशकुमार धमला, चन्द्रा पाण्डे लगायतले समेत अभिनय गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read