Homeअर्थअब अनलाईनवाटै ५ लाख रुपैया सम्म ऋण पाइने्, यस्तो छ प्रक्रिया

अब अनलाईनवाटै ५ लाख रुपैया सम्म ऋण पाइने्, यस्तो छ प्रक्रिया

अब अनलाईनवाटै ५ लाख रुपैया सम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय (अनलाइन) माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । यसका केही प्रावधानहरु छन् । महिनामा निश्चित आम्दानी भएका र बैंकमा तलब जम्मा हुनेहरुका लागि यो निकै राम्रो अबसर हो ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले शुक्रवार उक्त निर्देशन जारी गरेका हुन् । भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाहरुको लागि उक्त मार्गदर्शन जारी गरिएको हो ।

उक्त मार्गनिर्देशन जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा तलबी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रु। ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने भएको हो ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने उक्त मार्गदर्शनमा उल्लेख छ ।

ग्राहकसँग कर्जाको आवेदन लिंदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबात समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्ने छन् ।

कर्जा स्वीकृत भए नभएको जानकारी पनि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले ग्राहकलाई डिजिटल माध्यमबाट नै दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।

पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख बृद्धि भएपछि उक्त मार्गदर्शन जारी भएको राष्ट्र बैंकले जानएको छ । विद्युतीय कर्जा सम्बन्धी मार्गदर्शनको मूल उद्देश्य सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो छरितो, सरल र सहज रुपमा कर्जा प्रदान गर्ने तथा कर्जाको असुली कार्यलाई सहजीकरण गर्नु हो ।

भौतिक उपस्थिति बिना प्रविधिमा आधारित भई कर्जासँग सम्बन्धित सेवा प्रवाह हुने भएकाले सेवा प्रदान गर्ने संस्था र सेवाग्राहीको श्रम, समय र लागत आदिमा बचत हुने र यदाकता देखिने महामारीको समयमा स्वास्थ्य सतर्कता अपनाई कर्जा प्रवा गर्न सघाउ पुग्ने मार्गदर्शमा उल्लेख छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read