Homeअर्थजाल्पा लघुवित्तको आइपिओको नतिजा सार्वजनिक , यसरि हेर्नुहोस सजिलै नतिजा

जाल्पा लघुवित्तको आइपिओको नतिजा सार्वजनिक , यसरि हेर्नुहोस सजिलै नतिजा

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाले उक्त साधारण सेयर आइपीओको बाँडफाँड आज अपरान्ह साढे ४ बजे टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडौँमा सम्पन्न गरेको छ।

कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

कम्पनीको आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले रू. ३ अर्ब २५ करोड २० लाख ५८ हजार बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६६ दशमलव ६५ गुणा बढी आवेदन हुन आउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख छ । आईपीओ बाँडफाँट पछि यो पूँजी रू. १६ करोड पुग्नेछ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना योग्य थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

यसरी हेर्नुहोस् रिजल्ट

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको र कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । जस अनुसार जालपा लघुवित्तको वेबसाइट http://jalpamf.com/  , बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/  ,  सिडीएससीको मेरो शेयरको https://meroshare.cdsc.com.np/#/login   र सिडीएसले आईपिओको लागि संचालन https://iporesult.cdsc.com.np  गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read