Homeमनोरञ्जनलता मंगेशकर अझैपनि आईसियूमै , कस्तो छ स्वास्थ्यावस्था ?

लता मंगेशकर अझैपनि आईसियूमै , कस्तो छ स्वास्थ्यावस्था ?

भारतीय महान गायिका लता मंगेशकर कोरोना संक्रमण पुष्टिपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छिन् । उनकाे सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको हाे ।

९२ वर्षीया मंगेशकर कोरोना संक्रमणका साथै निमोनियाका कारण ८ जनवरीमा अस्पताल भर्ना भएकी थिइन् । उनको पछिल्लो स्वास्थ्यवस्थाबारे अपडेट आउन सकेको छैन ।

यसैबीच, उनको स्वास्थ्यावस्थाबारे परिवारका सदस्य र डाक्टरले भोलि (२८ जनवरी) मा अपडेट दिने भएका छन् । गायिका मंगेशकरको स्वास्थ्यवस्थाबारे पटकपटक जानकारी दिन कठिनाई भइरहेको उनको परिवारले बताएको छ ।

‘पटकपटक दिदीको स्वास्थ्यावस्थाको बारेमा जानकारी दिन समस्या भइरहेको छ, त्यसैले हामी २८ जनवरीमा दिदीको स्वास्थ्यस्थितिबारे जानकारी दिनेछौं,’ मंगेशरकी परिवार सदस्य रचनाले भनेकी छन् ।

दैनिक भास्कर

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read